राजनीति


बालुवाटारमा मन्त्रिपरिषद पुनर्गठनको छलफलपछि ओली–प्रचण्ड शीतलनिवासमा

बालुवाटारमा मन्त्रिपरिषद पुनर्गठनको छलफलपछि ओली–प्रचण्ड शीतलनिवासमा

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ५:४५,

मन्त्रिपरिषदको पुनर्गठनका विषयमा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास पुगेका छन्।

बुधबार बिहान दुई अध्यक्षले बालुवाटारमा मन्त्रिपरिषद पुनर्गनका विषयमा छलफल गरेका थिए।

बालुवाटारको छलफल लगत्तै दुई अध्यक्ष शीतलनिवास पुगेका हुन्। अहिले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई अध्यक्षले छलफल गरिरहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो।

 राष्ट्रपतिसँग शपथग्रहण लगायतका विषयमा छलफल हुने जनाइएको छ।

शीतलनिवासको छलफल गलत्तै नेकपा सचिवालय बैठक बस्ने र त्यही बैठकले हेरफेर हुने मन्त्रीको टुंगो लगाउने नेकपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad