समाज


चोरीका ६ मोटरसाइकलसहित ७ युवक पक्राउ

चोरीका ६ मोटरसाइकलसहित ७ युवक पक्राउ

शैलेन्द्र महतो
मंसिर ४, २०७६ बुधबार ५:२४,

धनुषामा चोरीको ६ वटा मोटरसाइकलसहित ७ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न समयमा फरक–फरक स्थानबाट मोटरसाइकल चोरीमा धनुषाका तीन जना र महोत्तरीका चार जना युवक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका १ मुसहरी टोल बस्ने २५ वर्षका काशिन्द्र सदा, धनुषाकै शहिदनगर नगरपालिका २ बस्ने वर्ष २० का विजय यादव, धनुषाकै विदेह नगरपालिका २ बस्ने वर्ष २० का राजन यादव छन्। यस्तै महोत्तरीको बर्दिबास नगरपालिका १३ भेडियाही बिजलपुरा टोल बस्ने वर्ष २३ का अरुणकुमार राउत, वर्ष २२ का सुनिल कुमार चौधरी, वर्ष १९ का रामपुकार भण्डारी र महोतरीककै औरही नगरपालिका ३ बस्ने मनोज कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषा प्रहरीका अनुसार उनीहरुको साथबाट ज.५ प. ७१६३ नम्बरको ग्लामर, ज.६ प. ५४६० नम्बरको पल्सर, बा.४७ प. ९९४३ नम्बरको पल्सर, ज.९प.९०८ नम्बरको सुपर स्पलेण्डर, ज.६प. ९७७५ नम्बरको आईसर र ज.७ प.९८८१ नं. को डिस्कभर मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेकाहरुमाथि चोरी शीर्षकमा मुद्दा चलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad