ad ad

राजनीति


कञ्चनपुरमा लेखराज भट्ट पक्ष ‘क्लिन स्वीप’, सुरेन्द्र विष्टकाे प्यानल विजयी

कञ्चनपुरमा लेखराज भट्ट पक्ष ‘क्लिन स्वीप’,  सुरेन्द्र विष्टकाे प्यानल विजयी

गोकुल जोशी
पुस २८, २०७८ बुधबार २१:१३, काठमाडौँ

नेकपा (एमाले) कञ्चनपुरको अध्यक्षमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट प्यानलसहित निर्वाचित भएका छन्।

बुधबार साँझ सम्पन्न मतगणना अनुसार विष्टले २८१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली निकट विष्टलाई सुदूरपश्चिम सहइन्चार्ज कर्ण थापा र कञ्चनपुर इन्चार्ज निरुदेवी पालको समर्थन रहेको छ।

विष्ट प्रतिद्वन्द्वी एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट निकट निवर्तमान अध्यक्ष वीरबहादुर थापा (पातल) ले १८३ मत मात्रै ल्याउन सके। थापा माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका नेता हुन्। 

एमाले कञ्चनपुर जिल्ला कमिटी पदाधिकारीमा इन्चार्ज भट्ट निकट टिम पराजित भएको हो।

एमाले कञ्चनपुरका नेता पुष्कर भट्टका अनुसार पदाधिकारीमा विष्ट पुरै प्यानलसहित विजयी भएका छन्।

उपाध्यक्षमा विष्ट प्यानलकी लक्ष्मी बुढाले २५४ मतसहित विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी महेश पन्तले २०५ मत मात्र गरे। 

सचिवमा विष्ट प्यानलकै पल्लबराज भट्ट २३३ मतसहित विजयी भए। थापा प्यानलका सचिवका उम्मेदवार ७ मतले जितमा चुके। उनले २२६ मत प्राप्त गरेका थिए।

यस्तै, उपसचिवमा विष्ट प्यानलका कर्णबहादुर चन्द र फैरु तामाङ विजयी भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .