नेपाल भ्रमणमा रहेका चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयका उपमन्त्री झेङ गुग्वेङले गृहमन्त्री रामबहादुर थापा (बादल)सँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटवार्तामा गृहमन्त्री थापाले प्राकृतिक विपद्का घटनामा दुवै देशले अनुभवको आदान–प्रदान र सहकार्य बढाउनुपर्ने बताए।
उपमन्त्री झेङले विपद् व्यवस्थापनको क्षेत्रमा नेपाललाई चीनले गर्दै आएको सहयोग बढाइने बताए।
उनले केही समयपछि चीनमा आयोजना हुन लागेको विपद् व्यवस्थापनसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन गृहमन्त्री थापालाई निम्ता पनि दिए।
गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुननिर्माण लगायतका क्षेत्रमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा आफुहरुले गरेको बताए।
नले गत महिना चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा विपद् व्यवस्थापन सम्बन्धी भएका सम्झौता कार्यान्वयनको प्रक्रियामा गइसकेको जानकारी पनि दिए।

प्रतिक्रिया