राजनीति


भारतीय नक्साबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

भारतीय नक्साबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार १२:१७,

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र पारेकोबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्यालका अनुसार बैठक शनिबार (भोलि) ४ बजे बोलाइएको हो। बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाईएको अर्यालले जनाकारी दिए।

‘भारतीय नक्सापछि उत्पन्न विवादबारे छलफल गर्न प्रधानमन्त्रीज्युले सर्वपक्षीय बैठक बोलाउनु भएको हो’, नेपालखबरसँग कुरा गर्र्दै अर्यालले भने, ‘छलफलमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, र प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ।’

याे पनि: ‘ओली महेन्द्रको बाटोमा, नेपाल-भारतबीच चीनलाई निम्त्याए’


 

नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुराको केही भूभाग भारतले आफ्नोतर्फ पारेको छ।

भारतको यो कदमको सर्वत्र विरोध हुँदै आएको छ। यसअघि परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै कालापानी क्षेत्र आफ्नो भएको दावी गरेको थियो।

प्रधानमन्त्री भारतको कदमप्रति मौन रहेको भन्दै आलोचना भइरहेका बेला उनले सर्वपक्षीय बैठक बोलाएका हुन्।

नेकपाकै केही नेताहरुले यसबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाउन प्रधानमन्त्रीसँग आग्रह गर्दै आएका थिए।

सम्बन्धित समाचार 

भारतीय दूतावास अगाडि नाराः कालापानी हाम्रो हो, ‘ब्याक अफ इन्डिया’

भारतीय राजदूतलाई देउवाले भनेः नेपालमाथिको अतिक्रमण अस्विकार्य

कालापानी सीमामा कुनै परिवर्तन नगरेको भारतको दाबी

भारतीय दुतावासमा नेविसंघले ज्ञापन पत्र बुझायो 

कालापानी नेपालको होः सरकार

सामाजिक सञ्जालमा बहस: भारतको नयाँ नक्सा नेपालविरुद्ध प्रोक्सी आक्रमण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad