राजनीति


भारतीय नक्साबारे प्रधानमन्त्रीको मौनताप्रति कांग्रेस नेताको आपत्ति

भारतीय नक्साबारे प्रधानमन्त्रीको मौनताप्रति कांग्रेस नेताको आपत्ति

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार १२:१६,

 प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

नेता साउदले नेपालको सीमा भारतले अतिक्रमण गरेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका हुन्। उनले नेपाली भूमि समावेश गरिएको भारतीय नक्साको विरोधमा परराष्ट्र मन्त्रालयका अधिकारीले निकालेको विज्ञप्तिमा हस्ताक्षर गर्ने अधिकारको नाम समेत नलेखिएबाट सरकार दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न गम्भीर नभएको देखिएको तर्क पनि गरे।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता साउदले भारतसँग रहेका सीमा विवाद समाधान गर्न आफ्नो पार्टीले पहल गरिरहेको पनि बताए।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले भारतसँग भएको सीमासम्बन्धि सबै समस्या समाधानका लागि कुटिल कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

विगतका सरकारहरुले यी समस्या समाधानका लागि पहल गर्न नसकेको भन्दै उनले वर्तमान सरकारले यी समस्या समाधान गरेर आफ्नो योग्यता र क्षमता प्रर्दशन गर्नुपर्ने  बताए। 

अध्यक्ष राणाले वर्षौदेखि भारतसँग थाँती रहेका नेपालको सीमा सम्बन्धि समस्या समाधान गर्न आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad