राजनीति


हजुरबाको इतिहास देखाउने र क्रान्तिका कुरा गरेर उत्पात मच्चाउनेसँग नअल्मलिनुस : ओली

हजुरबाको इतिहास देखाउने र क्रान्तिका कुरा गरेर उत्पात मच्चाउनेसँग नअल्मलिनुस : ओली

तस्बिर : रासस


सुदीप भण्डारी
पुस ६, २०७८ मंगलबार १७:२१, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले हजुरबाको इतिहास देखाउने र क्रान्तिको कुरा गरेर उत्पात मच्चाउनेहरुसँग नअल्मलिन कार्यकर्तालाई आग्रह गरेका छन्। 

उनले देश बनाउने एमाले मात्रै भएको भन्दै विभिन्न नाममा आउनेसँग भ्रममा नपर्ने आग्रह गरे।

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पार्टीको नाम नलिइ कांग्रेसलाई हजुरबाको इतिहास देखाउने र माओवादी केन्द्रलाई क्रान्तिको कुरा गरेर उत्पात मच्चाउनेको संज्ञा दिए।

 ‘कोही हिजोका हाम्रा इतिहास हेर भनेर हजुरबुवाले गाइ पाल्नुहुन्थ्यो, भैँसी पाल्नुहुन्थ्यो मेरो हात सुँघ त भन्न आउँछन्। ती हजुरबाका कुरा छोड्दिउँ’ उनले भने, ‘केही क्रान्तिका कुरा गरेर, उत्पात मच्चाएर, युवाहरुलाई भड्काएर, युद्धमा होमेर, सहिद बनाएर फेरि क्रान्तिका लफ्फाजी गर्न कहिले ०६४ को जस्तो चुनाव भन्छन्।’ 

अहिले पनि अल्मल्याउन खोजेको र ती तासका जमाना गएको ओलीको भनाइ छ। साँचो अर्थमा देश विकास गर्ने एमाले भएको उनले दाबी गरे। एमालेको विकास देखेर सबै पार्टीको सातो गएको उनको तर्क छ। 

‘सबै पार्टीका साइनबोर्ड निकालेर घरभित्र राख्नुपर्ने अवस्था त्यसै कारण कम्युनिष्ट पार्टी फुटाएर कांग्रेसको नेतृत्वमा एउटा षडयन्त्रकारी निकम्मा सरकार बनाएर फेरि क्रान्ति र कम्युनिष्टका कुरा गर्न आउनेहरुलाई जनताले जवाफ दिएर फिर्ता पठाइदिन्छन्’ ओलीले भने।

‘बाहिर बाहिर एक खालको रामनामी राधे राधे लेखेर ओडेको छ, भित्र कुखुरा देख्न हुँदैन झ्याप्पै। त्यस्ता बर्को ओडेकाहरू जनता झुक्याउन आउन सक्छन्।’ 

समारोहमा पार्टी प्रवेश गरेका कार्यकर्ताहरूलाई ओलीले एमालेमा नयाँ र पुरानो भनेर भेदभाव नहुने बताए।

उनले कपिलवस्तुलाई औद्योगिक जिल्ला बनाउने समेत बताए।

सोमबार रुपन्देही आएका ओली मंगलबार लुम्बिनी तौलिहवा हुँदै कृष्णनगरको बहादुरगञ्ज पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .