राजनीति


बुटवलमा माधव नेपालद्वारा ओलीको कडा आलोचना

बुटवलमा माधव नेपालद्वारा ओलीको कडा आलोचना

सुदीप भण्डारी
मंसिर २५, २०७८ शनिबार १२:६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेभित्र असन्तुष्ट नेताहरूलाई केपी ओलीलाई सुधार्न सक्छु भनेर भ्रम नपाल्न सुझाव दिएका छन्। 

विगतमा आफ्नो समूहमा रहेर अहिले एमालेमै रहेका नेतातर्फ इंगित गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन चाहेको हो भने आफ्नो पार्टीमा आउन आग्रहसमेत गरे। 

समाजवादी प्रेस संगठन (रुपन्देही) ले शनिबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओलीलाई हिट्लरसँग तुलना गरे। ‘सुधार्न सकेको भए हिटलर सुध्रिसक्थे, उनकै श्रीमतीले त सुधार्न सकिनन्’, अध्यक्ष नेपालले भने, ‘कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन चाहानुभएको हो भने उहाँ (ओली) हरूको त्यो प्राइभेट लिमिटेड कम्पनीबाट मुक्त हुनुहोस्। एकीकृत समाजवादी अभियानमा लाग्नुहोस्।’

नेपालले एमालेमा रहेका भीम रावल, घनश्याम भुसाललगायतका नेतालाई आफ्नो पार्टीमा आए स्वागत गरिने बताए। 

प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफूहरूको प्रभाव बढिरहेको दाबी पनि उनले गरे। 

एमालेबाट आफूहरूले गरेको विद्रोह जायज ठहरिँदै गएको अध्यक्ष नेपालको जिकिर छ। 

‘जसरी पुष्पलालले रायमाझीसँग विद्रोह गरेर नयाँ पार्टी निर्माण गर्नुभयो। त्यो पार्टी नै अगाडि बढ्यो’, उनले भने,  ‘त्यसैगरी आफू बसेको पार्टीबाट विद्रोह गर्नुपर्ने परिस्थीति बन्यो विद्रोहको औचित्यलाई प्रस्ट पारिरहनु परेन। चितवनमा भएको कुम्भ मेला र तमासाले प्रस्ट पारिसकेको छ।’ 

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबीच राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा सँगसँगै मिलेर जाने सहमति भइसकेको दाबी गर्दै स्थानीय चुनावबारे पनि छलफल हुने बताए। 

नेपालले राजतन्त्र अब कुनै हालतमा नब्युँतिनेसमेत दोहोर्याए। पत्रकार सम्मेलनको सुरुवातमा बोल्दै राजतन्त्रबाट अब कुनै सकारात्मक भूमिका खेल्न नसक्ने दाबी उनले गरे।

‘समाप्त भइसकेको इतिहासको रछ्यानमा फालिसकेको सामन्तवादको प्रतीकका रूपमा रहेको राजतन्त्रलाई फेरि जगाउने कोसिस भइरहेको छ’, उनले भने,   ‘त्यो भूत जगाउने कोसिस नहोस्, मैले राजेन्द्रजी (राप्रपा अध्यक्ष) लाई भन्न चाहान्छु, युवा पुस्ताले प्रतिगामी चिन्तन नराख्नुस्, अग्रगामी सोच राख्नुस्।’ 

नेपालले बुटवलमा आज पार्टीको जिल्ला कार्यालयको उद्घाटन गर्दै छन्। आजै पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्दै छन्।

यी पनि :

धेरै समयपछि एकै मञ्चमा भेट भएका ओलीलाई जब प्रचण्ड र माधव नेपालले नमस्कार गरे...

राजेन्द्र लिङ्देनविरुद्ध ओली, प्रचण्ड र माधव नेपाल एकमत!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .