ad ad

राजनीति


राजेन्द्र लिङ्देनविरुद्ध ओली, प्रचण्ड र माधव नेपाल एकमत!

राजेन्द्र लिङ्देनविरुद्ध ओली, प्रचण्ड र माधव नेपाल एकमत!

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०७८ शुक्रबार १७:२२, काठमाडौँ

एकअर्कालाई देखी नसहने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष केपी शर्मा ओली आज काठमाडौंमा आयोजित कांग्रेसको महाधिवेशनमा लामो समयपछि एकै मञ्चमा देखिए। यति मात्र होइन, मन्तव्यका क्रममा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध एकमतसमेत देखिए। 

राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था पुनर्स्थापना हुनुपर्ने बताएका थिए। त्यति मात्र होइन, नेताहरू यति अलोकप्रिय भएका छन् किन गाउँमा जाँदा चोर आयो भन्ने गरेको भनेर समेत कटाक्ष गरे। 

उनले भने, 'अब देशको राष्ट्र प्रमुखमा रुपमा राजालाई कायम गरौँ। जनताले सोझै प्रत्यक्ष रुपमा निर्वाचित प्रधानमन्त्रीमा जाऊँ। पूर्ण समानुपातिक संसदीय प्रणाली अपनाऊँ। सांसदले मन्त्री हुन नपाउने व्यवस्था गरौँ।'

लिङ्देनले नेताप्रति जनताको विश्वास मरेको पनि बताए।

उनले भने, 'नेताप्रति जनताको विश्वास मरेको छ। पार्टीका कार्यकर्ताले नेता बोलाउँदा गाली गर्न थालेका छन्। गाउँमा जाँदा नेता आएको थाहा पाउनेबित्तिकै कुनचाहिँ चोर आएछ भन्छन्। गाउँलेले हामीलाई नेता आएनन् भन्छन्, चोर आयो भन्छन्।'

यसपछि केही वक्तापछि बोल्ने पालो पाएका माधव नेपालले भने, ‘प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु फेरि शिर उठाउने काम नगर्नुस्। नदीको प्रवाह अगाडि बढिसक्यो। पछाडि जान सक्दैन। नेपालमा राजतन्त्रको भविष्य छैन, सम्भावना छैन।’

यसपछि बोलेका ओलीले भने,  ‘नागरिक स्वाभिमानविपरीत वंशवादमा आधारित नेता भन्ने, हरेक नेता चोर हुन्छ भन्ने! ‘भर्खर–भर्खर अध्यक्षमा छानिएकोले होला। बाच्छो हिँड्न जान्दैन, नयाँ–नयाँ सभापति भएको रापताप होला।’

यसपछि मन्तव्य राखेका प्रचण्डले पनि भने, ‘गाउँमा नेता जाँदा चोर नै भन्छन् त? एक जनाले भन्नुभयो– नेता आउँदा चोर आयो भन्छन्। के त्यस्तो हो त? होइन, गलत हो। यो केका निम्ति भनियो? जतिबेला लोकतान्त्रिक राजनीतिक दल, लोकतन्त्रका निम्ति लडेका नेतालाई बदनाम गर्न खोजिन्छ, त्यसलाई तानाशाही ब्युँताउन षड्यन्त्र हो भनेर बुझिन्छ।’

यो पनिधेरै समयपछि एकै मञ्चमा भेट भएका ओलीलाई जब प्रचण्ड र माधव नेपालले नमस्कार गरे...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .