राजनीति


धेरै समयपछि एकै मञ्चमा भेट भएका ओलीलाई जब प्रचण्ड र माधव नेपालले नमस्कार गरे...

धेरै समयपछि एकै मञ्चमा भेट भएका ओलीलाई जब प्रचण्ड र माधव नेपालले नमस्कार गरे...

भृकुटीमण्डपमा जारी कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका बीचमा केपी शर्मा ओली।


नेपालखबर
मंसिर २४, २०७८ शुक्रबार १५:४६, काठमाडौँ

काठमाडौं भृकुटीमण्डपमा अहिले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोह जारी छ। मन्तव्यको क्रम चलिरहेको छ। 

त्यहाँ देश–विदेशका राजनीतिक दलका नेताहरू अतिथिका रूपमा सहभागी छन्। 

अलि नौलो कुराचाहिँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लामो समयपछि एकै मञ्चमा देखिएका हुन्। प्रचण्डसँग एक वर्ष र माधव नेपालसँग ५ महिनापछि ओली आज पहिलोपटक एकै मञ्चमा सहभागी भएका हुन्। हालै चितवनमा सम्पन्न एमालेको दसौं महाधिवेशनमा निम्तो भए पनि प्रचण्ड गएनन् भने माधव नेपाललाई त ओलीले निमन्त्रणै गरेनन्।

आज कांग्रेसको महाधिवेशनका क्रममा भने उनीहरू एकै मञ्चमा भेट भएका हुन्। यसै क्रममा अर्काे रोचक पक्ष पनि देखिएको छ। 

यी दुई नेताभन्दा पछि पुगेका ओली प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नमस्कार गर्दै मञ्चमा पुग्छन्। त्यसै क्रममा छेउमै रहेका प्रचण्ड र माधवकुमार नेपालले पनि उनलाई नमस्कार गर्छन्। तर उनीहरुकाे नमस्कारलाई ओलीले बेवास्ता गरे।

पहिले एकै पार्टीमा रहेका दुई शीर्ष नेताले गरेको नमस्कारलाई ओलीले महत्व नदिँदा सबैको ध्यान तानेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad