राजनीति


चर्काचर्की भएपछि रोकियो बुटवलमा माओवादीको नेतृत्व चयन प्रक्रिया

चर्काचर्की भएपछि रोकियो बुटवलमा माओवादीको नेतृत्व चयन प्रक्रिया

सुदीप भण्डारी
मंसिर २३, २०७८ बिहिबार २०:१८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) बुटवल उपमहानगरमा विवादका कारण नेतृत्व र प्रतिनिधि चयन हुन सकेको छैन।

उपमहानगरको अधिवेशन १८ गते नै सकिए पनि विवाद भएपछि नगरको नेतृत्व र प्रदेश अधिवेशनका प्रतिनिधि टुंगिन नसकेका हुन्। प्रतिनिधि चयनको विवादले बेलाबेलामा चर्काचर्की नै हुने गरेको छ। 

३ दिनअघि पार्टी कार्यालयमा दुई समूहबीच झण्डै हात हालाहाल सम्मको अवस्था आएको बताइएको छ।

तर माओवादी केन्द्र रुपन्देहीका संयोजक नारायण जिसी ‘निर्मल’ले बाहिर चर्चा भएजस्तो हात हालाहालको अवस्था भने नआएको दाबी गरे।

‘विवाद नै छैन। हामी प्रक्रियामा गइसक्यौं। भोली ११ बजेसम्म मनोनयन फिर्ता लिने समय छ लिनुभएन भने प्रक्रिया अघि बढ्छ’ उनले भने। 

बुटवल उपमहानगरबाट ९ जना प्रतिनिधिको लागि २३ जनाको उम्मेदवारी परेको छ। पहिले प्रदेश अधिवेशनका पदाधिकारी छान्ने र नगर पदाधिकारीको पक्रिया भने पछि सुरु गर्ने जिसीले बताए। 

अर्का एक नेताले भने विवाद र चर्काचर्की भएको स्वीकार गर्दै त्यो पार्टीभित्र सामान्य भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .