राजनीति


कांग्रेसको प्रदेश अधिवेशन : लुम्बिनीमा संस्थापन इतर समूहका पुनले जिते

कांग्रेसको प्रदेश अधिवेशन : लुम्बिनीमा संस्थापन इतर समूहका पुनले जिते

फाइल तस्बिर : कांग्रेस लुम्बिनी सभापतिमा विजयी अमरसिंह पुन।


सुदीप भण्डारी
मंसिर २०, २०७८ सोमबार ६:३०, काठमाडौँ

नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत लुम्बिनी सभापतिमा संस्थापनइतर समूहका अमरसिंह पुन विजयी भएका छन्।

संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई हराउँदै पुन प्रदेश सभापति बनेका हुन्। 

सार्वजनिक मतपरिणामअनुसार विजयी पुनले ८५२ मत ल्याए भने पराजित शाहले ७६७ मत पाए।

अन्य पदाधिकारीतर्फ पनि धेरै उनकै पक्षका उम्मेदवार विजयी भएका छन्। ​

सार्वजनिक नतिजाअनुसार उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ ८४७ र राजु खनाल ७ सय ९२ मत ल्याएर विजयी भएका छन्।राजु खनाल मात्र संस्थापन अर्थात् देउवा पक्षका हुन्। पुन समूहका अष्टभुजा पाठक ७ सय ७२ मत ल्याए पनि हारे। उपसभापतिका अर्का पराजित उम्मेदवार सुधाकर पाण्डेले ६६१ मत ल्याए। 

महामन्त्रीमा विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी भए। पराजितद्वय जन्मजय तिमिल्सीनाले ७०९ र खिमानसिंह रायमाझीले ६५१ मत प्राप्त गरे। 

महिला सहमहामन्त्रीमा ८३० मत ल्याएर निमा गिरी विजयी भइन्। अर्की उम्मेदवार सरिता चौधरीले ६८७ मत ल्याइन्। 

खुला सहमहामन्त्रीमा विष्णु मुस्कान ८५९ र खगराज पाण्डे ७७६ मतका साथ विजयी भए। पराजितद्वय माया पुनले ७५२ र लक्ष्मीनारायण शाहले ६७६ मत ल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .