ad ad

राजनीति


भारतले बनाएको नक्सालाई चीनले समर्थन गर्ने परिस्थिति नबनोस्ः विवेकशील दल

भारतले बनाएको नक्सालाई चीनले समर्थन गर्ने परिस्थिति नबनोस्ः विवेकशील दल

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार ९:२७,

विवेकशील नेपाली दलले भारतले हालै कालापानीको भूभाग समेटेर तयार पारेको नक्सालाई चीनले स्विकार गर्ने अवस्था आउन नदिन कुटनीतिक पहल गर्न माग गरेको छ। विवेकशीलले बुधबार विज्ञप्ति प्रकासित गरी लिपुलेकलाई भारत र चीनबीच व्यापारिक केन्द्रको रुपमा सम्झौता गरिएको उल्लेख गर्दै सो क्षेत्रसमेत समेटिएको नक्सालाई चीनले स्विकार नगरोस् भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको हो।

‘यही भूभागको लिपुलेकलाई २०७२ जेठमा भएको भारत चीन सम्झौतामा द्विपक्षीय व्यापारिक केन्द्रको रुपमा विकास गर्ने सहमति भएकोमा भारतबाट हालसालै जारी नक्सालाई चीनबाट स्वीकार्ने परिस्थिति नबनोस् भन्ने तर्फ पनि कूटनीतिक पहल अगाडि बढाउन आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

नेपाल भारतको सीमा विवाद भएका कालापानी, सुस्ता जस्ता क्षेत्रहरुको विवादको बारेमा दुई देशले परराष्ट्र सचिवको स्तरमा विवाद सल्ट्याउन संयन्त्र निर्माण भएको तथा स्थायी सीमा निर्धारण गर्ने सम्बन्धमा प्राविधिक तहबाट काम भैरहेको परिस्थितिमा विवाद भएको क्षेत्रको बारेमा गठित संयन्त्रले अन्तिम निष्कर्ष नदिइकन एकलौटी तर्फबाट उक्त विवादित क्षेत्रलाई आफ्नो नक्सामा सामेल गर्ने भारतीय कदम अनपेक्षित रहेको भन्दै विवेकशील नेपाली दलले भारतीय कदमको विरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .