ad ad

राजनीति


प्रचण्डको कटाक्ष : राप्रपाको अध्यक्ष बन्ने तयारी गरेकामा सीपीजीलाई बधाई!

प्रचण्डको कटाक्ष : राप्रपाको अध्यक्ष बन्ने तयारी गरेकामा सीपीजीलाई बधाई!

फाइल तस्बिर : मालेका महासचिव सीपी मैनाली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड।


नेपालखबर
मंसिर १५, २०७८ बुधबार १४:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा मालेका महासचिव सीपी मैनालीलाई बुधबार व्यंग्य गरेका छन्। 

काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा मालेका महासचिव मैनालीलाई राप्रपाको अध्यक्ष हुन लागेको भन्दै कटाक्ष गरेका हुन्। 

खासमा प्रचण्डभन्दा पहिले मन्तव्य राख्ने क्रममा मैनालीले देशभक्तिका मामिलामा राजा महेन्द्रको योगदान महत्त्वपूर्ण भएको भन्दै प्रशंसा गरेका थिए भने प्रचण्डको चाहिँ आलोचना। 

'प्रचण्डका कारण बाह्य हस्तक्षेप बढ्यो। राजा महेन्द्रले नेपाललाई सिक्किमीकरण हुनबाट जोगाए', मैनालीले भने, '२००७ सालदेखि अहिलेसम्म चारवटा राजनीतिक परिवर्तन बेहोर्यौँ। यसले नेपालमा झन् विदेशी हस्तक्षेप बढेको छ।'

यसपछि बाेल्ने पालाे पाएका प्रचण्डले उनलाई राप्रपाको नेताका रूपमा चित्रण गरेका हुन्। 

‘उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ कि जस्तो लाग्यो’, प्रचण्डले भने, ‘साँच्चै त्यसो हो भने सीपीजीलाई बधाई छ।’ 

भृकुटीमण्डपमा सञ्चालन भइरहेकाे राप्रपाको महाधिवेशन उद्घाटन समारोहमा अहिले नेताहरुले मन्तव्य राख्ने क्रम जारी छ। 

यो महाधिवेशनमा राप्रपाका ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिबाट सहभागी भएका छन्।

राप्रपाको यो महाधिवेशनमा वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन नयाँ अध्यक्षका लागि चुनावी मैदानमा छन्।

एकता महाधिवेशनबाट नेतृत्व लिन खोजेका थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्द लगायतले साथ दिने भएका छन्। 

लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनी र धवलशमशेर राणा जस्ता वरिष्ठ नेताहरूले साथ दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .