राजनीति


कालापानीबारे भारतीय नक्सा आपत्तिजनकः कांग्रेस

कालापानीबारे भारतीय नक्सा आपत्तिजनकः कांग्रेस

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार १५:५५,

नेपाली कांग्रेसले दिल्लीबाट जारी नयाँ नक्साप्रति आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार प्रधानमन्त्री केपीशर्मा ओलीलाई मेन्सन गर्दै यसबारे सरकारले तत्काल आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस्। नेपाली माटोकाबारे कहिँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ!’

नयाँ दिल्लीले जारी गरेको नयाँ नक्समा लिपुलेक भारतमा पारिएको छ। तर, नेपाल सरकारले यसबारे कुनै धारणा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad