ad ad

राजनीति


एमाले महाधिवेशन : मध्यराति टाँसियो मतदाता नामावली, सहमति नभए निर्वाचन

एमाले महाधिवेशन : मध्यराति टाँसियो मतदाता नामावली, सहमति नभए निर्वाचन

एमाले अध्यक्षमण्डलको बैठक। तस्बिर : राजन काफ्ले


कृष्ण बहाब
मंसिर १२, २०७८ आइतबार २३:४४, चितवन

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन बित्न लाग्दा मतदाता नामावली प्रकाशित गरिएको छ। 

निर्धारित कार्यपालिकाभन्दा १२ घण्टा ढिलो अध्यक्षमण्डलको बैठक बसेपछि सौराहास्थित होटल सेभेनस्टारको बन्दसत्र हलमा सूची टाँसिएको हो। 

एमालेले महाधिवेशनका लागि निर्वाचित र मनोनित प्रतिनिधिहरुको नाम प्रकाशन गरेको हो। यससँगै एमालेमा अब असहमति हुने पदमा निर्वाचन हुने बाटो पनि खुलेको छ।

अध्यक्ष केपी शर्मा ओलीले सहमति गराउँदा नभएका पदमा भोलि निर्वाचन हुनेछ। त्यो निर्वाचनमा २३ सय १५ महाधिवेशन प्रतिनिधिले मत हाल्नेछन्। 

सर्वसम्मतिका लागि असहमति भएमा तिनै पदमा चुनावी प्रतिस्पर्धा हुनेछ। खास गरी ओलीको सहमति प्रस्तावमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असहमति जनाएका छन्। 

यो मतदाता नामावलीमा रहेका प्रतिनिधिहरुले निर्वाचनमा गएर प्रतिस्पर्धा गर्न चाहने नेतालाई भोट हाल्नेछन्। 

राजनीतिक दलसम्बन्धी कानुन अनुसार महाधिवेशनको चुनावी प्रक्रियालाई कानुनी दिन पनि मतदाता नामावली प्रकाशन र सहमति नै भए पनि सबै उम्मेदवारको मनोनयन दर्ता अनिवार्य शर्त हो। 

एमालेले प्रकाशन गरेको सूचना अनुसार ११ बजे मतदाता नामावली प्रकाशित भएको छ।

त्यसपछि राति साढे ११ बजे नै उम्मेदवारको दरखास्त फारम वितरण भइसकेको छ। अब राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन तालिका छ। 

यदि सर्वसम्मति नभएमा वा केही पदमा सहमति नजुटेको अवस्थामा सोमबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ।

एमालेमा अध्यक्ष ओलीको अधिकतम् इच्छा सर्वसम्मति हो। त्यही अनुसार उनले शनिबार बन्दसत्र हलबाट पदाधिकारी र केन्द्री कमिटी छान्ने अधिकार लिएका थिए।

तर उनले आफ्नै समूह मिलाउन सकेका थिएनन्। यद्यपि ओलीले विष्णु पौडेललाई मनाएर महासचिवमा शंकर पोखरेललाई अघि बढाउने भएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .