राजनीति


प्रधानमन्त्री देउवाका भाइ कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधि

प्रधानमन्त्री देउवाका भाइ कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधि

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १५:५२, काठमाडौँ

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। 

प्रधानमन्त्री देउवाका साइँला भाइ लोगबहादुर देउवा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्। 

खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका देउवाले ३ सय ४ मत पाएका छन्। आफ्नो समूहबाट उनी बढी मत ल्याउनेमध्ये पाँचौमा रहेका छन्। 

उनी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका बुवा हुन्। क्षेत्र नम्बर २ मा ५ सय ८ मध्ये ५ सय ४ मत खसेको थियो। जसमध्ये दुई मत बदर भएका छन्। 

कञ्चनपुर–२ बाट खुलातर्फ देउवासँगै संविधानसभा सदस्य बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, दलबहादुर बोहरा, पुस्करराज ओझा, दुर्गाप्रसाद भट्ट, मीनबहादुर सिंह, उद्धव बोहरा र टीका बैज महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad