राजनीति


सहमति नभए सबै पदमा चुनाव हुन्छ: केपी ओली

सहमति नभए सबै पदमा चुनाव हुन्छ: केपी ओली

अन्तर्क्रियामा ओली। तस्बिर : विक्रम राई


नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १५:३९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नजुटे दसौँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चुनावबाटै छानिने बताएका छन्। 

अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चुनाव गर्ने ओलीले स्पष्ट पारेका हुन्।  

मंगलबार काठमाडौंमा सम्पादकसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ओलीले आफुले कसैलाई दबाब नदिने प्रष्ट पारे। 

एमालेको १०–१२ चितवनमा हुने महाधिवेशनका लागि भीम रावललगायतका नेताले उम्मेदवारी घोषणा गरेपछि ओलीले सो प्रतिक्रिया दिएका हुन्। 

उनले सहमति केमा गर्न खोजेको भन्दै प्रश्न गरे। 

‘पदाधिकारीमा सहमति खोज्नुहुन्छ कि अरूमा’, प्रश्न गर्दै ओलीले थपे, ‘मेरा कारणले कसैलाई दबाब दिन्न, दबाब हुने खालका कुनै काम हुँदैन। मेरो इच्छा त मिलेर जाने हो, कर लगाएर उठ्नु भन्नुपरोस् न, सहमति नभए सबैमा चुनाव हुन्छ, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म।’

अध्यक्ष ओलीले विगतमा जो जो जहाँ भए पनि अहिले सबै एमाले नै भएको बताए। 

‘हिजो को कता भन्ने हो, आज हामी सबै एकै ठाउँमा छौँ, अहिलेको व्यवस्थापन भनेको चुनाव भोट ल्याएर जित्ने हो, यसको पक्ष र त्यसको पक्ष भनिरहँदा पार्टी एकजुट हुँदैन, हाम्रोमा नेताको व्यवस्थापन मुख्य कुरा होइन’, ओलीले थपे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad