नेपाली कांग्रेस सल्यानको सभापतिमा केशबहादुर विष्ट निर्वाचित भएका छन्।
मंगलबार बिहान सम्पन्न मत गणनाअनुसार विष्ट प्रतिद्वन्द्वी ध्रुवराज पुरीलाई ५ मत अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
विष्टले ६ सय १२ र पुरीले ६ सय ७ मत ल्याएको निवर्तमान सभापति गणेश चन्दले जानकारी दिए। मतदान सम्पन्न भएपछि सोमबार रातिबाट नै मतगणना सुरु भएको थियो।
सल्यान कांग्रेसको उपसभापतिमा चक्रबहादुर देवकोटा र सन्तोष केसी विजयी भएका छन्। सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथोकी निर्वाचित भएका छन्।
यस्तै सहसचिवमा जनकराज गौतम र पदमबहादुर बुढाथोकी विजयी भएका छन्। सल्यानमा संस्थापन पक्षका उम्मेदवारहरु फरक–फरक प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिका थिए।
इतर समूहले सभापतिबाहेकका पदहरुमा मात्र प्रतिस्पर्धा गरेको निवर्तमान सभापति चन्दले जानकारी दिए।
Shares

प्रतिक्रिया