विमान उडानकै क्रममा रुकुम लैजानुपर्नेमा पाइलटले आफ्नो ड्युटी सकिएको भन्दै नेपालगन्जमा ल्यान्डिङ गराएका छन्।
काठमाडौंबाट रुकुम उडेको नेपाल वायुसेवा निगमको ट्विन अटर जहाज नेपालगन्ज अवतरण गरिएको हो।
पाइलटले नेपालगन्जमा यात्रुलाई झारेपछि निगमले आफ्नो खर्चमा यात्रुलाई होटलमा राखेको थियो।
ती यात्रुलाई मंगलबार रुकुम पुर्याइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले निगमको पाइलटले रुकुम लैजानुपर्नेमा नेपालगञ्ज झारेको भए कारबाही हुने बताए।
‘घटना के भएको भन्ने विषयमा स्पष्ट जानकारी आएको छैन’, महानिर्देशक क्षेत्रीले भने, ‘घटनाको यथार्थ बुझेर गल्ती भए पाइलटलाई कारबाही हुन्छ।’
ट्विनअटरका पाइलट पेम्बा शेर्पा रहेका थिए। जहाजमा ८ जना यात्रु रहेको बताइएको छ।
114
Shares

प्रतिक्रिया