राजनीति


एमालेसँग एक्लै लड्ने आँट कुनै दलले गर्न सक्दैनन् : शंकर पोखरेल

एमालेसँग एक्लै लड्ने आँट कुनै दलले गर्न सक्दैनन् : शंकर पोखरेल

कार्यक्रममा बोल्दै नेता पोखरेल। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
मंसिर ६, २०७८ सोमबार १५:२२, काठमाडौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले आफूहरुसँग अन्य कुनै दलले एक्लै लड्ने आँट नगर्ने बताएका छन्। 

‘वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन : राजनीतिक बहस तथा दिशानिर्देश’अन्तरक्रिया कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो भनेका हुन्।

‘केपी ओलीमाथिको हमला जनताका विकासका सपनामाथिको हमला हो’, उनले भने, ‘ओली प्रधानमन्त्री भएपछि जनताका मुर्झाएका सपना जागृत गराउनु भएको हो। रेल, पानीजहाज र सुरुङमार्गको कुरा गर्दा नेपालकै नेता हाँसे। तर भारत र चीनले समृद्ध नेपालको पक्षमा साथ दिए।’

उनले विकासका मुद्दामा नभइ आफ्ना स्वार्थ पूरा गर्न पाँच दलीय गठबन्धन बनेको पनि बताएका छन्। ‘केपी ओलीमाथिको हमला जनताका सपना माथिको हमला हो। पाँच दलीय गठबन्धन जनताका सपनामाथिको हमला हो,’ उनले भने, ‘यीनीहरुको राजनीतिको खुद्रा बजार अब लामो समय जाँदैन, चाँडै सकिन्छ।'

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले एमालेसँग एक्लै लड्ने आँट नभएपछि गठबन्धन बनेको बताए। 

‘एमालेसँग कुनै पार्टीले लड्न आँट गरेको छैन,’ उनले  भने, ‘त्यहीकारण गठबन्धन बनेको छ। राष्ट्र निर्माणबारेमा सुविचारित धारणा एमालेले राख्छ। अदालतको परमादेशबाट र गठबन्धनबाट एमालेलाई रोक्ने कोसिस असफल हुन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad