कारोबार


सेयरबजार हरियो, सूचक साढे २७ सय विन्दुमाथि, चार अर्बको पनि कारोबार भएन

सेयरबजार हरियो, सूचक साढे २७ सय विन्दुमाथि, चार अर्बको पनि कारोबार भएन

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १५:१०, काठमाडौँ

सेयरबजार हरियो रहे पनि कारोबार रकम चार अर्ब पनि पुग्न सकेको छैन। 

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको दोस्रो कारोबार दिन सूचक ७.९० अंकले बढेर २७६५.४३ विन्दुमा रोकिएको हो। 

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १.२१ अंकले बढेको छ। 

आजको कारोबारमा २२५ कम्पनीका ७५ लाख ६५ हजार कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। 

दिनभरिमा ५१ हजार ५ सय २६ पटकको खरिदबिक्रीमा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँको सेयर कारोबार भएको हो। 

आज कुल १३ उपसमूहमध्ये वाणिज्य बैंक, व्यापार, होटल तथा पर्यटन, निर्जीवन बीमा, अन्य, म्युचुअल फन्ड, लगानी समूहको सूचक बढ्दा बाँकी उपसूचक राताम्य भएका छन्। 

आज मानुषी लघुवित्त र चन्द्रागिरि हिल्सका लघुवित्तले १० प्रतिशत कमाउँदा बाँकी लगानीकर्ताको आम्दानी थोरै रहेको छ। 

त्यस्तै गुमाउनेहरुले आज ४.१४ प्रतिशत घाटा व्यहोरेका छन्। 

आजको अधिकतम कारोबार ३४ करोडसम्म मात्रै रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad