बैतडीमा नेपाली कांग्रेसले आफ्नो अधिवेशनका लागि विद्यालय बन्द गराउन भन्दै पत्राचार गरेको छ।
विद्यालयमा अधिवेशन गर्न कांग्रेसको बैतडी जिल्ला समितिले सदरमुकामका चार विद्यालयलाई यही मंसिर ४ गतेदेखि ७ गतेसम्म बन्द गराउन भनेर सम्बन्धि विद्यालयमा पत्र पठाएको हो।
दशरथचन्द नगरपालिकाका मेयरसमेत रहेका कांग्रेसका बैतडी सभापति नरेन्द्रसिंह थापाले वीरेन्द्र माध्यमिक विद्यालय (शाहीलेक), जगदम्बा माध्यमिक विद्यालय (रानीबुंगा), दशरथचन्द माध्यमिक विद्यालय (सुन्दरखाली) र दशरथचन्द आधारभूत विद्यालय (गढी) लाई ४ दिन विद्यालय बन्द गर्न भनेर आफ्नो पार्टी र नगरपालिकाका तर्फबाट दुई/दुईवटा पत्र पठाएका हुन्।
मंसिर ४ देखि ७ गतेसम्म आयोजना गरिने क्षेत्रीय र जिल्ला अधिवेशन उद्घाटन तथा नेतृत्व चयनको चुनावका लागि आवश्यक भवन तथा फर्किचर उपलब्ध गराउनसमेत पत्रमा भनिएको छ।
पठनपाठन बन्द गरेर विद्यालयमा राजनीतिक कार्यक्रम गर्न लागिएको बन्दै सर्वत्र विरोध भइरहेको छ। कांग्रेस अधिवेशनका लागि पत्र आएसँगै के गर्ने भनेर विद्यालयले प्रशासन र शिक्षा समन्वय एकाइसँग परामर्श थालेको छ।
Shares
प्रतिक्रिया