राजनीति


कानुनमन्त्री भन्छन् : अदालतको विवादमा सरकारले हस्तक्षेप गर्न मिल्दैन, चासोसाथ हेर्दैछौँ

कानुनमन्त्री भन्छन् : अदालतको विवादमा सरकारले हस्तक्षेप गर्न मिल्दैन, चासोसाथ हेर्दैछौँ

कार्यक्रममा बोल्दै मन्त्री बडू। तस्बिर : नेपालखबर


नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १४:४३, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवाद त्यहीँ भित्रबाट समाधान हुनुपर्ने बताएका छन्। 

नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री बडूले अदालतको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने तर्क गरेका छन्।

उनले अदालतको विवादमा सरकारले चासोसाथ हेरिरहेको पनि बताएका छन्। 

'यो हाम्रो सीमा भित्रको कुरा होइन। हामीले हेर्दा स्वतन्त्र न्यायपालिकाले स्वतन्त्र रुपमा आफैं अहिले देखिएको विवाद समाधान गरोस्। हाम्रो अपेक्षा पनि त्यही हो', बडूले भने, 'हामीले त्यही रुपमा यसलाई हेरिरहेका छौँ।'

बडूले लामो समय न्यायपालिका अवरोध हुन नहुने पनि बताएका छन्। 'न्यायपालिका धेरै लामो समय अवरोध हुने चिन्ता हामीलाई छ। त्यसप्रति हामी चासोसाथ राखिरहेका छौँ', उनले थपे, 'स्वतन्त्र न्यायपालिकाभित्रको समस्या त्यहीँ भित्रबाट समाधान हुनुपर्छ। जनताको आस्था र विश्वासमा कुनै कमी आउन दिनु हुँदैन।'

उनले अदालतको विवाद संविधानसम्मत ढंगले समाधान हुनुपर्नेमा पनि जोड दिएका छन्। 'स्वतन्त्र न्यायपालिकाको विवाद संविधानसम्मत ढंगले समाधान हुनुपर्छ', उनले भने, 'यसको व्यवस्थापन गर्न जरुरी छ। न्याय पाउने जनताको अधिकारका लागि हामी गम्भीर छौँ। यथासम्भव छिटो अदालत भित्रैबाट विवाद समाधान हुनुपर्छ।'

भिडियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad