राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेशको सल्यानमा शाखा विस्तार गरेको छ।
बैंकले जिल्लाको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको हो।
यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
9
Shares

प्रतिक्रिया