राजनीति


उम्मेदवार टुंगो लगाउन कांग्रेसको बैठक शुक्रबार

उम्मेदवार टुंगो लगाउन कांग्रेसको बैठक शुक्रबार

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार १२:२,

नेपाली कांग्रेससले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टु‌ंगो लगाउन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ।

पार्टीको संसदीय समिति गठन नभएकाले केन्द्रीय समिति बैठकले उम्मेदवार टुंगो लगाउने सम्बन्धमा पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने बताइएको छ। यसपछि कात्तिक १७ गते बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउने पार्टी कार्यालयले जनाएको छ।

यसैगरी आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल भएको थियो। पदाधिकारी बैठकमा उपनिर्वाचन हुने सम्बन्धित प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशमा पार्टीको वस्तुस्थितिका बारेमा जानकारी गराएको मुख्य सचिव पौडेलले बताए।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको पार्टी कार्यालयले जनाएको छ। सैँतीस जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad