ad ad

कार


हुन्डाईको ‘आई२० एक्टिभ’ अपडेटेट मोडल भारतमा

हुन्डाईको ‘आई२० एक्टिभ’ अपडेटेट मोडल भारतमा

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार १२:१५,

हुन्डाई मोटर इन्डियाले आई२० एक्टिभको नयाँ अपडेटेड मोडल सार्वजनिक गरेको छ।

कम्पनीले आई २० को मूल्य सात लाख ७४ हजार भारतीय रुपैयाँ राखेको छ। तीन भेरिएन्टमा रहेको यो कार एस, एसएक्स र एसएक्स डियूमा उपलब्ध छ। कार डिजेल र पेट्रोल इन्जिनमा रहेको छ।

नयाँ मोडलमा पार्किङ सेन्सर, रिभर्स क्यामरा, स्पिड अलर्ट सिस्टमलगायतका स्ट्यान्डर्ड फिचर रहेको कम्पनीले उल्लेख गरेको छ। गाडीको डिजाइन पुरानो आई२० जस्तै छ। कारको अगाडि प्रोजेक्टर लेन्स, हेडलेन्सका साथै एलईडी डीआरएल, कर्नर लेन्स, फग लेन्स लगायत छन्।

कारमा सात इन्च टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ। यसमा एप्पल कार प्ले, एन्ड्रोइड अटो, पुस बटन स्टार्ट, अटो क्लाइमेट कन्ट्रोल वायरलेस चार्जिङ जस्ता फिचर रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .