राजनीति


त्यसपछि कार्यदलबाट राजीनामा दिएँ : भीम रावल

त्यसपछि कार्यदलबाट राजीनामा दिएँ : भीम रावल

नेपालखबर
कात्तिक ६, २०७८ शनिबार ४:४०, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि भरमग्दुर प्रयास गर्दा पनि आसफल भएपछि बाध्य भएर १० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा दिएको बताएका छन्। 

रावलले शुक्रबार आयोजित एमालेको स्थायी कमिटी बैठकका क्रममा कार्यदलबाट राजीनामा दिएका हुन्। 

‘एमालेको एकता जोगाउन वार्ता, सहमति, कमिटी बैठक र कार्यदलमा इमान्दारीका साथ भरमग्दुर प्रयास गरें’, रावलले शुक्बार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘१० बँदे सहमतिको कार्यान्वयनमा जोड दिएँ। तर आज (शुक्रबार) स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षबाट नै १० बुँदे सहमतिको औचित्य नरहेको धारणा प्रकट भएपछि फरक मत दर्ज गर्दै कार्यदलबाट राजीनामा दिएको छु।’

–​ओलीलाई रावलको जवाफ : माधवलाई एमालेमा रोक्न मात्र १० बुँदे गरिएको होइन (फरक मतको पूर्णपाठ)

–​‘माधव आउँछन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .