राजनीति


महोत्तरी पुगेर प्रचण्डले दिए अनसन बस्ने चेतावनी

महोत्तरी पुगेर प्रचण्डले दिए अनसन बस्ने चेतावनी

नेपालखबर
कात्तिक १३, २०७६ बुधबार १०:५४,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनसन बस्ने चेतावनी दिएका छन्।

बुधबार महोत्तरीको पिपराहमा नेकपाले आयोजना गरेको ‘छठ पर्वको सुभकामना आदान प्रदान कार्यक्रम’ मा बोल्दै प्रचण्डले विकास निर्माणले गति नलिए आफूसमेत अनसन बस्ने स्थिति आउन सक्ने बताएका हुन्।

तराई मधेशमा भइरहेका विभिन्न विकासका आयोजनाको नाम लिएर उनले ति आयोजनाको अहिलेसम्म भइरहेको प्रगति सैह्य नहुने बताए। दोस्रोपटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको जनकपुर–भिट्टामोड सडकको कार्यप्रगति निकै सुस्त भएको भन्दै उनले असन्तोष व्यक्त गरेका हुन्। उनले भने, ‘अहिलेसम्म जे भयो भयो, अब यस्तो ढिलासुस्ती सैह्य हुँदैन। अहिलेसम्म यहाँ रामकुमार शर्माजीहरु मात्रै आन्दोलनमा हुनुहुन्थ्यो। अब पनि ढिला सुस्ती भयो भने मसमेत अनसन बस्न नपरोस्।’

उनले १६ वर्षसम्म हुलाकी सडकको काम अघि नबढेकोप्रति पनि असन्तुष्टि जनाए। भारतले बनाउन सुरु गरेको यो सडक यस्तै अवस्थामा राखे आफूहरुले नै बनाउने कुरा भारतसँग राखिएको उनले जानकारी दिए।

प्रचण्डले तराई मधेशका जनतासँग आफ्नो गहिरो प्रेम रहेको पनि दोहोर्याए। आफुले संविधान संशोधन गर्न दुई पटकसम्म प्रयास गरेको स्मरण गर्दै उनले काठमाडौं फर्केर प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधनका लागि छलफल गर्ने आश्वासन पनि दिए।

प्रचण्डले मंसिर १४ गते हुने उपनिर्वाचनमा भ्रष्टाचार विरोधीलाई मत दिन आग्रह पनि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .