समाज


सर्वोच्चले ‘हाइप्रोफाइल’ जुवाडे छोड्न मानेन (आदेशसहित)

सर्वोच्चले ‘हाइप्रोफाइल’ जुवाडे छोड्न मानेन (आदेशसहित)

दीपक खरेल
कात्तिक १३, २०७६ बुधबार १०:२४,

काठमाडौंको महाराजगन्जबाट करिब तीन कराेड रूपैयाँ रकमसहित पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडेलाई सर्वोच्चले बुधबार छाेडन मानेन्। न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले बन्दी प्रत्यक्षीकरणकाे निवेदन दिएका सबैलाई म्याद तामेल गरेर एकै साथ  हाजिर गराउन बुधबार आदेश दिएको हो।

आइतबार निवेदन दिएका ६ जना र सोमबार तथा बुधबार निवेदन दिएका ८ जना गरी सबैलाई म्याद तामेल गरि हाजिर गराउन आदेश दिएकाे सर्वाेच्चका सह प्रवक्ता देवेन्द्र ढकालले बताए।  बुधबार शम्भु बुढाथोकी, होमप्रसाद चौलागाई, साङगे शेर्पा र ग्यालजे लामाको बन्दी प्रत्यक्षीकरण निवेदन परेको हो। यसअघि सोमबार ईन्द्र श्रेष्ठ, प्रेम थापा मगर, रामकृष्ण श्रेष्ठ र अशोक श्रेष्ठको निवेदन परेको थियो।

महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको टोलीले शनिबार राति पक्राउ गरेका २५ जुवाडेमध्ये ६ जनाले गत आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका थिए। यसअघि समातिएका ६ जनालाई पनि आज प्रहरीले सर्वोच्च अदालत उपस्थित गराएको थियो। पुराना ६ र पछिका ८ जनाको गरि सबैको बहस भएको हो।

juade 2

बहसमा बरामद रकमकाे बिषय भन्दा विपक्षीका कानून व्यवसायीले पक्राउ परेका सबै समाजमा स्थापित भएकाे र भागेर कतै नजाने भएकाले थुनामा राख्नु नपर्ने जिकिर गरेका थिए। सरकारी वकिलहरूले भने सबैका लागि कानून बराबर भएकाले फाैजदारी कानून कार्यन्वयन कार्यविधी अनुसार नै कारवाही अघि बढाउन इजलास समक्ष माग गरेका थिए। 

आइतबार जुवाडेहरू बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ती लामाका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको हो।

juwade

महाराजगन्जको साम्बाला होटेलपछाडि विक्रम गौतमको घरमा सञ्चालित जुवाको खालमा प्रहरीले शनिबार राति छापा मारी क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार जुवाको खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको थियो।

Aadesh11.jpg 

महाराजगञ्जका वृत्त प्रमुख डीएसपी उमेश लम्सालले बिहीबार काठमाडाैं जिल्ला प्रशासन कार्यालय खुलेपछि सबैकाे म्याद लिएर निवेदन दिनेका हकमा सर्वाेच्चमा हाजिर गराउने बताए। उनका अनुसार प्रहरीले कानूनकाे अक्षरस पालना सहित घटनास्थलकाे मुचुल्का र स्थानीय जनप्रतिनिधीकाे राेहबरमा सनाखत भएकाे बताए। वृत्तले बुधबार बरामदी मुचुल्का सहित घटनास्थलकाे श्रब्य–दृश्य सामाग्री समेत प्रमाणका रूपमा पेश गरेकाे थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .