भक्तपुरमा यात्रुबहाक बसले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
बा४ ख ६०७ नं. को बसको ठक्करबाट काभ्रे डाँडाबारीका अन्दाजी २० वर्षीय बिकास तामाङको मृत्यु भएको हो। घाइते भएका सुर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने १८ वर्षीय बिशाल तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भक्तपुरको कमलबिनायक स्टार बैंकेट अगाडी कमलबिनायकबाट ब्यासी तर्फ आउँदै गरेको सो बसले सडक छेउमा पार्किङ गरी राखेको बा. ७० प ६१९७ नं. को मोटरसाईकल र पैदल यात्रीलाई ठक्कर दिएको थियो।
मादक पदार्थ सेवन गरी सवारी चलाउने बस चालक भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने वर्ष ४० को बलराम ज्याखोलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया