नेकपा (एकीकृत समाजवादी)ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ।
पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो।
अध्यक्ष माधव कुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा केन्द्रीय कमिटीलाई पूर्णता दिँदै जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख छ।
यससँगै एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो पनि गठन गरेको छ। स्थायी कमिटीमा ४२ सदस्य र पोलिटब्यूरोमा ९४ सदस्य छन्।
एकीकृत समाजवादीको आन्तरपार्टी निर्देशन-२ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेता सहित विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
यस्तै, एकीकृत समाजवादी छाडेको घोषणा गरेका प्रदीप नेपाललाई प्रतिष्ठान इन्चार्जको जिम्मेवारी दिइएको छ।
111
Shares
प्रतिक्रिया