ad ad

राजनीति


कांग्रेस अधिवेशन : विराटनगर महानगरको सभापतिमा चारजना भिड्दै

कांग्रेस अधिवेशन : विराटनगर महानगरको सभापतिमा चारजना भिड्दै

नेपालखबर
असोज १४, २०७८ बिहिबार १४:१५, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले प्रदेश १ अन्तर्गतको मोरङमा असोज १६ गते गाउँ-नगरपालिका अधिवेशन गर्दैछ। 

प्रदेश १ को एक मात्रै विराटनगर महानगरपालिकामा पनि सम्पन्न वडा अधिवेशनको नतिजा ढिलो गरी आएकाले असोज १६ गति पालिका अधिवेशन हुन लागेको हो।  

कांग्रेसको मंसिरमा हुने भनिएको महाधिवेशनका क्रममा प्रदेश १ को ठूलो सहर विराटनगरको सभापतिका लागि चारजना आकांक्षी देखिएका छन्। 

महानगर सभापतिका लागि संस्थापनबाट एकजना र संस्थापन इतर समूहबाट तीनजना उम्मेदवार अघि सरेका हुन्।  

महानगर सभापतिका लागि संस्थापन समूहले सन्तोष न्यौपानेलाई सभापतिको आधिकारिक उम्मेदवार बनाएको छ। 

विराटनगर-५ बाट क्षेत्रीय प्रतिनिधिमा विजयी न्यौपाने तरुण दल महानगर कार्यसमिति सभापतिसमेत रहेका छन्। 

उनी विद्यार्थी राजनीति गर्दै तरुण दलमा आवद्ध भएका हुन्। न्यौपाने संस्थापन पक्षीय कांग्रेस मोरङका पूर्वसभापति अमृत अर्यालसँग नजिक मानिन्छन्। 

संस्थापन इतर समूहबाट अरुण न्यौपाने, दीपक चापागाईँ र कृष्ण कार्की महानगर सभापतिका आकांक्षीका रुपमा देखिएका छन्। 

विराटनगर–२ बाट क्षेत्रीय प्रतिनिधिमा विजयी न्यौपाने महानगर कार्यवाहक सभापतिको जिम्मेवारीमा छन्। 

उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले आधिकारिक उम्मेदवार बनाउने तयारी गरेको स्रोतले दाबी गरेको छ। 

विराटनगर–२ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित चापागाईँ तरुण दलका पूर्वसभापति हुन्। 

उनी आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने तयारीमा रहेका केन्द्रीय सदस्य डा. शेखर कोइरालानिकट मानिन्छन्। 

महानगरको सभापतिका चौथा आकांक्षी कार्की नेविसंघका पूर्व सहमहामन्त्री हुन्। विराटनगर–३ बाट क्षेत्रीय प्रतिनिधि बनेका कार्की केन्द्रीय महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका नेता गगन थापानजिक मानिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .