राजनीति


माधव नेपालको स्वास्थ्यमा सुधार

माधव नेपालको स्वास्थ्यमा सुधार

नेपालखबर
असोज १४, २०७८ बिहिबार ८:२४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार देखिएको छ।

स्वास्थ्यमा समस्या भएपछि बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका नेता नेपालको स्वास्थ्यमा आजबाट सुधार देखिएको उनको सचिवालयले जनाएको छ।

नेपाललाई ज्वरो आउनुका साथै खोकीसमेत लागेपछि अस्पताल भर्ना गरिएको हो। घरमै बस्दा गाह्रो भएपछि नेता नेपाललाई बुधबार दिउँसो अस्पताल भर्ना गरिएको थियो। उनलाई विगत चार दिनदेखि ज्वरो आइरहेको छ। आजबट भने उनको स्वास्थ्यमा सुधार आएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

नेता नेपालको उपचारमा वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दाससहितको टोली खटिएको छ। स्वास्थ्य संवेदनशीलताका कारण नेपालसँग अस्पतालमा भेटघाट गर्न बन्द गरिएको गौतमले बताए।

अध्यक्ष नेपाल मकवानरको हेटौंडामा पार्टी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि बिरामी परेका हुन्। उनको कोरोना परीक्षण भने नेगेटिभ देखिएको छ। 

नेपाल बिरामी भएपछि सत्ता गठबन्धनका बैठकहरुसमेत प्रभावित भएका छन्। बैठक प्रभावित भएपछि मन्त्रिपरिषद् विस्तारमासमेत ढिलाइ भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad