समाज


शिक्षकको जिल्लान्तर सरुवा रोक्का

शिक्षकको जिल्लान्तर सरुवा रोक्का

नेपालखबर
असोज १४, २०७८ बिहिबार ८:८, काठमाडौँ

सरकारले शिक्षकको जिल्लान्तर सरुवा रोकेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा हुने शिक्षक सरुवा रोकिएको जनाएको हो।

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै शिक्षक सेवा आयोगको विज्ञापन प्रयोजनका लागि जिल्लान्तर सरुवा रोकिएको जनाएका छन्।

शिक्षक सेवा आयोगमा विज्ञापनका लागि शिक्षकको रिक्त पद संख्या पठाइसकेकाले सरुवा रोक्का गरिएको कोइरालाले जानकारी दिए। उनले अब दरबन्दी मिलानका गर्नुपर्दा पुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा मात्र सरुवा हुनसक्ने बताए।

केही समयअघि मात्रै केन्द्रले शिक्षकको १७ हजार ४७ पदमा पदपूर्ति गर्न शिक्षक सेवा आयोगसमक्ष विवरण पठाएको थियो। अहिले देशका धेरै सामुदायिक विद्यालयमा गणीत, विज्ञान र नेपाली विषय अध्यापन गराउने शिक्षकको अभाव छ।

केन्द्रले प्राथमिक तहमा १२ हजार ९१२, निमावि तहमा २ हजार ५९३ र मावि तहमा १ हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि शिक्षक सेवा आयोगलाई पत्राचार गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad