प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि जरबैजानमा सुरु हुने असंलग्न राष्ट्रहरूको सम्मेलनलाई संवोधन गर्दैछन्।
अजरबैजानको राजधानी बाकुमा आजैबाट सुरु हुने असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनलाई ओलीले संवोधन गर्न लागेका हुन्।
सम्मेलनमा सहभागी हुन ओली बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए।
शिखर सम्मेलनमा ओलीले ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।
शुक्रबार साँझ अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा पनि प्रधानमन्त्री ओली सरिक हुनेछन्।
प्रधानमन्त्री ओलीले बाकुमा विभिन्न देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ। ओलीले शनिबार सम्मेलनलाई संवोधन गर्नेछन्।
अजरबैजानको बाकुमा नाम सम्मेलनको साइडलाइनमा भेनेजुयलाकै आग्रहमा प्रधानमन्त्री ओलीले मडुरोलाईसमेत भेट्ने कार्यक्रम छ।

प्रतिक्रिया