ग्लोबल


तीनपटक अल्ट्रासाउण्ड गर्दा पनि नाक, आँखा र टाउकोबिनाकाे बच्चा जन्मिएपछि‍‍‍‍...

तीनपटक अल्ट्रासाउण्ड गर्दा पनि नाक, आँखा र टाउकोबिनाकाे बच्चा जन्मिएपछि‍‍‍‍...

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ४:३२,

पार्चुगलमा नाक, आँखा र टाउकोको भाग बिना नै बच्चा जन्मिएपछि प्रसुतीसम्बन्धी एकजना डाक्टर निलम्बनमा परेका छन्।

रोड्रिगो नामक शिशुका आमाबुवालाई यो महिनाको सुरुमा आफ्नो छोरा नजन्मिँदासम्म उसमा थुप्रै शारीरिक दुर्बलता होला भन्ने थाहा थिएन।

हेलचक्य्राइँको आरोप लागेपछि प्रसुतीसम्बन्धी डाक्टर आर्तर कारभालोलाई निलम्बन गर्न त्यहाँको मेडिकल काउन्सिलका अधिकारीहरूले निर्णय गरेका खबर बीबीसीले लेखेको छ।

यो घटना बाहिर आएपछि बच्चाहरूको उपचारमा भएका लापरबाहीबारे एक दशकभन्दा लामो समयदेखिका उजुरीहरू रहेको पनि खुलेको छ।

डाक्टर कारभालोले आफूमाथिका कुनै पनि आरोपबारे सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छैनन्।

राजधानी लिज्बनबाट ४० किलोमिटर दक्षिणमा पर्ने एक अस्पतालमा रोड्रिगोको ७ अक्टोबरमा जन्म भएको थियो।

रोड्रिगोका आमाले गर्भवती भएका बेला डाक्टर कारभालोको निजी क्लिनिकमा तीनपटक अल्ट्रासाउण्ड गराएकी थिइन्। तर गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे डाक्टरले केही पनि भनेका थिएनन्।

त्यसपछि रोड्रिगोकी आमाले आफू ६ महिनाको गर्भवती हुँदा चौथोपटक अर्कै क्लिनिकमा उच्चस्तरको अल्ट्रासाउण्ड गराएकी थिइन्।

उक्त जाँचमा भने बच्चामा केही दुर्बलता हुनसक्ने सार्वजनिक भएको थियो। तर त्यसबारे डाक्टर कारभालोलाई सोध्दा उनले त्यसलाई त्यति ठूलो समस्या नभएको बताएका थिए।

‘कतिपय बेला बच्चाको अनुहार आमाको कोखमा टाँसिने भएकोले अल्ट्रासाउण्डमा उनीहरूको अनुहार देखिँदैन भनेर उनले व्याख्या गरेका थिए,’ रोड्रिगोकी काकीले एउटा स्थानीय सञ्चारमाध्यमलाई भनेको कुरा एएफपीले उद्धृत गरेको छ।

पछि असामान्य स्वास्थ्य अवस्थासहित रोड्रिगो जन्मिने स्पष्ट भएपछि केही घन्टामात्रै उनी बाँच्ने बताइएको थियो। तर, दुईसाताभन्दा बढी भइसक्दा पनि अस्पतालको हेरचाहमा उनी जीवित नै छन्।

उनका आमाबुवाले पोर्चुगलको अभियोजनकर्ताको कार्यालयमा डाक्टर कारभालोविरुद्ध उजुरी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad