सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्– भुवनकुमार दाहाल। दाहाल २०४८ सालअघि संसद् सचिवालयका सरकारी जागिरे थिए।
संसद सचिवालयको जागिर छाडेर उनले २०४८ सालमा नबिल बैंकको जागिरे जीवनमा उनी सहायक महाप्रबन्धकसम्म भए। २०७० मा उनी सानिमा बैंकमा डेपुटी सीईओमा नियुक्त भए, त्यसको ६ महिनापछि फुल सीईओ भए।
उनीसँग मुकुन्द बोगटी र जनक तिमिल्सनाले लिएको अन्तर्वार्ता आज शुक्रबार (कात्तिक ८) मा प्रकाशित साप्ताहिकमा छापिएको छ। त्यसको एउटा अंश:
नाङ्ले पसलेदेखि धनाढ्यसम्म सबै पैसा कमाउन चाहन्छन्। यो पैसा भन्ने कुरा कस्तो शक्ति हो?
धन सधैं वापरफुल छ। हामीले पौराणिक ग्रन्थमा कुँवेरको कथा पढेका छौं। उपचार गर्न, विदेश भ्रमण गर्न, छोराछोरीलाई राम्रो ठाउँमा पढाउन पैसा त चाहियो चाहियो। पैसा कानुनी रूपमा कमाउनुपर्छ। हाम्रो बैंकमा सुरुमा प्रवेश गर्नेहरूको तलब ३० हजार रुपैयाँ छ, बोनसलगायत सुविधा गरेर झन्डै ६० हजार मासिक कमाउँछन्। स्नातक गर्नेबित्तिकै युवाहरूले मासिक ६० हजार तलब पाउँछ, त्यसबाहेक हामी एक वर्षपछि अटो लोन दिन्छौं, ३ वर्षपछि घर लोन पाइन्छ।
स्नातक गरेकाले नबिल बैंकमा ज्वाइन गर्नेबित्तिकै ५० हजार तलब पाउँछ, बोनससमेत जोड्ने हो भेन १ लाख पाउँछ। नेपालमा लिगल्ली (वैधानिक) काम गरेर पनि त पैसा कमाउन सकिँदोरहेछ। त्यसैले नेपालमा एकदमै सम्भावना छ। व्यापारी–व्यवसायीहरूको रिन्टर्स पनि उत्तिकै लोभलाग्दो छ। धनी नभएकाले नै हाम्रो भिसा रिजेक्ट पनि हुन्छ। त्यसकारण हामीले धनी त हुनैपर्छ। कानुनी रूपमा पैसा कमाउनुपर्छ। पैसा नकमाएपछि सबैले हेप्दा रहेछन्। पैसाले मानिसलाई कन्फिडेन्स दिन्छ।

प्रतिक्रिया