राजनीति


जबरजस्ती संसद् बैठक चलाउन खोज्नु संसदीय परम्पराविपरीतः कमल थापा

जबरजस्ती संसद् बैठक चलाउन खोज्नु संसदीय परम्पराविपरीतः कमल थापा

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०७८ मंगलबार १६:३१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जबरजस्ती संसद बैठक चलाउन खोज्नु संसदीय परम्पराविपरीत भएको बताएका छन्।

उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेले अघि सारेको माग सम्बोधन नगरी जबरजस्ती संसद बैठक चलाउन खोज्नु संसदीय परम्पराविपरीत भएको बताएका हुन्।

‘प्रमुख प्रतिपक्ष दलको मागलाई सम्वोधन÷व्यवस्थापन नगरी जबरजस्ती संसद बैठक चलाउन खोज्नु अनुपयुक्त÷संसदीय परम्पराविपरित छ,’ अध्यक्ष थापाले ट्विट गरेका छन्।

सत्तारुढ नेपाली कांग्रेस र कम्युनिस्टको अकर्मण्यताका कारण संविधानको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको उनको भनाइ छ।

‘कांग्रेस र कम्युनिस्टको अकर्मण्यताको कारण वर्तमान संविधान÷व्यवस्थाको औचित्यमा प्रश्नचिह्न खडा भएको छ,’ अध्यक्ष थापाले भनेका छन्।

विकृतिको शृंखला अन्त्य गर्न जनादेशबाट नयाँ विकल्प खोज्नुपर्ने उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .