समाज


भारतको अमरावतीमा डुंगा पल्टिँदा एकै परिवारका ११ जना नदीमा डुबे, ३ मृत भेटिए, ८ बेपत्ता

भारतको अमरावतीमा डुंगा पल्टिँदा एकै परिवारका ११ जना नदीमा डुबे, ३ मृत भेटिए, ८ बेपत्ता

घटनास्थल


नेपालखबर
भदौ २९, २०७८ मंगलबार १६:१९, काठमाडौँ

भारतको महाराष्ट्र राज्यस्थित अमरावती जिल्लाको वर्धा नदीमा मंगलबार डुंगा पल्टिँदा एकै परिवारका ११ जना डुबेका छन्। तीमध्ये ३ जना मृत भेटिएका छन् भने ८ जना बेपत्ता छन्। 
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेको छ। त्यहाँको प्रहरीका अनुसार डुंगा दुर्घटना हतराना गाउँस्थित नदीमा मंगलबार बिहान साढे १० बजे भएको हो। 

प्रहरीका अनुसार उनीहरू धार्मिक पूजाआजाका लागि नदी किनार गएका थिए। पूजाआजा सकेर फर्किंदै गर्दा उनीहरू चढेको डुंगामा पल्टिएको हो। यात्रुको भार थेग्न नसकेर डुंगा पल्टिएको बताइएको छ।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad