ad ad

राजनीति


सरकार गठनबारे तालिबान र हक्कानी नेटवर्कबीच झगडा, गोली लागेर तालिबानी नेता बरादर घाइते

सरकार गठनबारे तालिबान र हक्कानी नेटवर्कबीच झगडा, गोली लागेर तालिबानी नेता बरादर घाइते

फाइल तस्बिर : तालिबानका सह-संस्थापक मुल्ला बरादर


नेपालखबर
भदौ २०, २०७८ आइतबार ९:३९, काठमाडौँ

अफगानिस्तानमा सरकार गठनका विषयमा तालिबान र हक्कानी नेटवर्कबीच झगडा भएको छ। 

अफगानिस्तानको पत्रिका पन्जसिर अब्जर्भरका अनुसार हक्कानी नेटवर्कले हानेको गालीले तालिबानका सह-संस्थापक मुल्ला बरादर घाइते भएका छन्। 

अफगानिस्तान कब्जा गरेपछि तालिबान केही दिनदेखि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अन्तिम छलफलमा छ। दुई/तीन अघिदेखि नै नयाँ सरकार घोषणा गर्ने बताइरहे पनि तालिबानले अझै घोषणा गर्न सकेको छैन। 

यसैबीच पाकिस्तानका गुप्तरच एजेन्सीका प्रमुख आईएसआईका प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिद टोलीसहित शनिबार अफगानिस्तानको राजधानी काबुल पुगेका छन्।

उनी काबुल पुग्नुको उद्देश्य मुल्ला अब्दुल गनी बरादरलाई तालिबानी सरकारको प्रमुख हुनबाट रोक्नु् र आतंकवादी संगठन हक्कानी नेटवर्कका नेतालाई बनाउनु रहेको दाबी अफगानिस्तानका पूर्वसांसद मरियम सोलाइमनखिलले गरेका छन्। 

यहीबीच सत्ताको नेतृत्व लिने विषयमा उसैको एक सहयोगी समूह हक्कानी नेटवर्कसँग झगडा परेको र गाेली लागेर तालीबानी नेता बरादमर घाइते भएकाे खबर सार्वजनिक भएकाे हाे। तर घटनाबारे विस्तृत विवरण दिइएको छैन। ​

यो पनि :   

भारतीयको हत्यारा हक्कानी नेटवर्क र तालिबानको सम्बन्ध कस्तो? यस्तो छ नालीबेली

देश जितिसकेको तालिबानलाई पन्जसिर बन्यो पहिलेजस्तै कठिन, के छ त्यहाँको अवस्था?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .