राजनीति


भारतको विरोधमा उत्रिए माधव नेपालनिकट विद्यार्थी, जलाए मोदीको पुत्ला

भारतको विरोधमा उत्रिए माधव नेपालनिकट विद्यार्थी, जलाए मोदीको पुत्ला

नेपालखबर
भदौ १८, २०७८ शुक्रबार १६:३८, काठमाडौँ

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले भारतको विरोधमा प्रदर्शन गरेको छ। 

नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै नेपाल नेतृत्वको समाजवादीका विद्यार्थीहरु सडकमा उत्रिएका हुन्। 

समाजवादी पार्टीनिकट अनेरास्ववियुका विद्यार्थीहरुले प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडिको सडकमा विरोध प्रदर्शन गरेका हुन्। 

त्यसक्रममा उनीहरुले नेपाली सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय देऊ, भारतीय हस्तक्षेप मुर्दावादसहितका चर्का नाराबाजी गरेका थिए। 

विरोध प्रदर्शनमा उत्रिएका उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि जलाएका छन्। विरोध प्रदर्शनका क्रममा नेपालनिकट विद्यार्थी संगठनमा अध्यक्ष सुदेश पराजुलीसहित घाइते भएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .