राजनीति


विप्लव समूहले केन्द्रीय सदस्यबाट हटाएको भोलिपल्ट नेता लोहनी पक्राउ

विप्लव समूहले केन्द्रीय सदस्यबाट हटाएको भोलिपल्ट नेता लोहनी पक्राउ

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ३:२८,

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले केन्द्रीय सदस्यबाट हटाएका गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ।

सादा पोसाकमा खटिएका प्रहरीले आज(मंगलबार) बिहान चितवनबाट पक्राउ गरेको हो।

विप्लव समूहले सोमबार विज्ञप्ति जारी गरी लोहनीको स्वास्थ्य समस्या देखाउँदै पार्टीकाे जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराएको थियो।

उनलाई भरतपुर महानगरपालिका-११ बसेनी क्षेत्रबाट पक्राउ गरिएकाे चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

लोहनी विप्लव समूहद्वारा सञ्चालित रातो खबरका सञ्चालकसमेत रहेको बताइएको छ। 

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता-कार्यकर्ता पक्राउ अभियानलाई सरकारले तीव्र पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad