समाज


गाडी लिएर भैँसी चोर्न आएका तीनजना पक्राउ

गाडी लिएर भैँसी चोर्न आएका तीनजना पक्राउ

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ३:२४,

सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरमा भैँसी चोर्दै गर्दा तीनजना पक्राउ परेका छन्।

स्थानीय विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको हो।

सुरुमा प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिका-५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लिइएको थियो।

उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई अन्य साथीसमेत चोरीमा संलग्न रहेको भनी बयान दिएका आधारमा थप दुईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

खोजतलास गर्दै जाँदा ज१च १२०१ नम्बरको पिकअपसहित भैँसी लोड गर्न रुपनीचोकमा बसिराखेको अवस्थामा सिरहा महेशपुर पतारी गाउँपालिका–४ का ३५ वर्षीय नसरुल मियाँ र धनुषा गणेशमान चारनाथ नगरपालिकाका २८ वर्षीय नारायण बुढाथोकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad