नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहँदा आफ्ना पक्षमा रहेका दोस्रो पुस्ताका नेताहरूले आफूलाई अगाडि ठेलेर आफूहरूचाहिँ पछाडि फर्केर भागेको भन्ने आरोप लगाएपछि एमाले नेता भीम रावलले जवाफ दिएका छन्।
एमालेमा रहँदा लामो समय आफ्नो समूहमा रहे पनि नयाँ पार्टी गठनका बेला साथ छाडेर केपी शर्मा ओलीतर्फ नै गएका अर्थात् एमालेमै एकताबद्ध भएका रावललगायत दोस्रो पुस्ताका नेताहरूलाई एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिबार एक कार्यक्रममा बोल्दै उनीहरूले आफूलाई ठेल्दै ठेल्दै अगाडि पुर्याएको तर पछाडि फर्केर हेर्दा उनीहरूचाहिँ भागिसकेको पाइएको भनेर गुनासो गरेका थिए।
यही भनाइमा एमाले उपाध्यक्ष रावलले माधव नेपालको नाम नलिईकन सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनुपर्ने हो,’ नेता रावलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारीबोध महत्त्वपूर्ण कुरा हो।’
यो पनि :
आफ्नो पार्टीमा आए अध्यक्ष पद दिन्छु भन्ने माधव नेपाललाई योगेश भट्टराईको यस्तो जवाफ
Shares
प्रतिक्रिया