अफगानिस्तानको राजधानी काबुलको अवस्था एकदमै चिन्ताजनक छ।
यसैबीच अमेरिकाले काबुल विमास्थलमा बम हमला गर्ने आईएसआईएस–खुरासान (आईएसआईएस–के) संगठनलाइई फेरि कडा चेतावनी दिएको छ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले यसअघि गरिएको ड्रोन आक्रमणलाई अन्तिम नसम्झिन आईएसआईएस–केलाई चेतावनी दिएका हुन्।
बिहीबार साँझ काबुल विमानस्थलमा उक्त समूहले बम हमला गर्दा १३ जना अमेरिकी सैनिकसहित १७० जना मारिएका थिए।
त्यसो भोलिपल्टै राति अमेरिकाले आईएसआईएसलक्षित हवाई हमला गरेको थियो। त्यस क्रममा काबुल विस्फोटका योजनाकार मारिएको दाबी अमेरिकाले गरेको छ।
त्यसपछि पनि काबुल विमानस्थलमा फेरि आक्रमण हुने आशंका अमेरिकाले नै गरिरहेको छ। यसै क्रममा राष्ट्रपति बाइडेनले फेरि पनि हमला भए दोषीलाई नछाडिने चेतावनी दिएका हुन्।
उनले भनेका छन्, ‘अमेरिकालाई जब कुनै क्षति पुरु्याइन्छ तब त्यसको कडा जवाफ दिइनेछ, यसमा कुनै द्विविधा नराखे हुन्छ।’
–काबुल विस्फोटका योजनाकार मार्न अमेरिकाले कहाँ गरेको थियो ड्रोन आक्रमण?
–काबुलमा बम हमला गर्ने आतंकवादी संगठनमा भारतका पनि १४ जना संलग्न रहेको खुलासा
Shares

प्रतिक्रिया