राजनीति


काबुल विमानस्थलमा आज फेरि आक्रमण हुने सम्भावना छः बाइडेन

काबुल विमानस्थलमा आज फेरि आक्रमण हुने सम्भावना छः बाइडेन

फाइल तस्बिर : अमेरिकाका राष्ट्रपति जो बाइडेन


नेपालखबर
भदौ १३, २०७८ आइतबार ८:५६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनले आज (आइतबार) काबुल विमानस्थलमा हमला हुन सक्ने चेतावनी दिएका छन्। 

बीबीसीका अनुसार राष्ट्रपति बाइडेनले आफूलाई अमेरिकी कमान्डरहरूले आइतबार काबुल विमानस्थलमा आक्रमण हुन सक्ने जानकारी दिएको बताएका हुन्। 

अमेरिकी विदेश मन्त्रालयले काबुल विमानस्थलमा आज हमलाको सम्भावना रहेको भन्दै आफ्ना नागरिकलाई विमानस्थलभन्दा टाढा रहन आग्रह गरेको छ। 

यसअघि बिहीबार साँझ काबुल विमानस्थल नजिक भएको बम विस्फोटमा १३ जना अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भयो भने हजार जनाभन्दा बढी घाइते भएका छन्। 

यसमा २ जना बेलायती नागरिक पनि छन् भने बाँकी अफगान नागरिक हुन्। 

आफ्ना सैनिक मारिएपछि रुष्ट बनेको अमेरिकाले अफगानिस्तानमा शुक्रबार राति ड्रोन आक्रमण गरी काबुल विस्फोटका योनजाकार मारेको दाबी गरेको छ।  

यी पनि : 

काबुल विस्फोटका योजनाकार मार्न अमेरिकाले कहाँ गरेको थियो ड्रोन आक्रमण?

अफगानिस्तानबाट अमेरिकी सैनिक हट्न सुरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad