राजनीति


राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ३:६,

जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज (सोमबार) बिहान भेटवार्ता भएको छ।

टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेस्ट हाउसमा उनीहरूबीच भेटवार्ता भएको हो।

उक्त भेटमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकरदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी थिए।

जापानी सम्राट नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डल आइतबार जापानकाे राजधानी टोक्यो पुगेको हो।

म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा पाँच दिन राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति जापान पुगेको हो।

जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेक यही कात्तिक ५ गते स्थानीय समयानुसार दिउँसो १ बजे इम्पेरियल प्यालेसको सेदेन स्टेट हलमा हुँदै छ।

राज्याभिषेक समारोहमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल यही कात्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad