छापा खबर


मकवानपुरमा पाँच किमी लामो केबलकार निर्माणको तयारी

मकवानपुरमा पाँच किमी लामो केबलकार निर्माणको तयारी

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ३:२६,

मकवानपुरको थाहा नगरपालिकाले पर्यटकीय क्षेत्र सीमभञ्ज्याङदेखि भीमफेदीसम्म केबलकार चलाउने तयारी गरेको छ।

सम्भाव्यता अध्ययनबाट सकारात्मक रिपोर्ट आएपछि नगरपालिका अहिले लगानीकर्ताको खोजीमा जुटेको खबर आजको कारोबार दैनिकमा हेटौँडाबाट केशव समर्पणले लेखेका छन्।

गत आवमा विशेषज्ञ टोलीबाट सम्भाव्यता अध्ययन गर्दा केबलकारको लम्बाई ४.८ किमी हुने अनुमान गरिएको थाहा नगरपालिकाका मेयर लवदेव विष्टले जानकारी दिए।

उनका अनुसार सीमभञ्ज्याङमा होटल, चिल्डे«न हाउस, हिउँघर र विभिन्न हिमालदेखि भारतको रक्सौलसम्म देखिने टावर पनि निर्माण गरिनेछ।

केबलकारसहित विभिन्न संरचना निर्माण गर्न करिब साढे तीन अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ।

लगानीको लागि थाहा वा भीमफेदीका स्थानीय कम्पनीलाई प्राथमिकता दिने र नभए स्वदेशी या विदेशी कम्पनी छनौट गरिने नगरपालिकाको तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad