ad ad

राजनीति


ताला तोडेर भारतीय दूतावासभित्र पसे तालिबानका लडाकु

ताला तोडेर भारतीय दूतावासभित्र पसे तालिबानका लडाकु

नेपालखबर
भदौ ४, २०७८ शुक्रबार ११:२०, काठमाडौँ

हालै देश कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा बुधबार छापा मारेको छ।

भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेका हुन्। त्यस क्रममा उनीहरूले कन्धारस्थित भारतीय दूतावासको दस्तावेज खोज्दै दराज खोले भने दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडी लिएर गएका छन्। 

हिन्दुस्तान टाइम्सका अनुसार अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडीएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेका छन्।  
जलालाबाद र काबुलस्थित भारतीय वाणिज्य दूतावासमा के भइरहेको छ, त्यसको जानकारी प्राप्त भइसकेको छैन। 

रिपोर्टअनुसार हक्कानी नेटवर्कका झन्डै ६० हजार लडाकुले राजधानी काबुल नियन्त्रणमा लिएका छन्। जसको नेतृत्व अनस हक्कानीले गरिरहेका छन्। उनी हक्कानी समूहका प्रमुख सिराजुद्दिन हक्कानीका भाइ हुन्। 

अनस हक्कानीले अफगानिस्तानका पूर्वराष्ट्रपति हामिद कारजाई र एचसीएनआरका प्रमुख अब्दुल्लाह अब्दुल्लासँग भेटेका छन्। यसबाट पनि कारजाई र अब्दुल्लाका गतिविधि तालिबानको नियन्त्रणमा रहेको बुझ्न सकिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .